आणविक हतियारको मामिलामा भारतले पाकिस्तानलाई उछिन्यो, चीनभन्दा धेरै पछाडि

काठमाडौँ । स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेका छन् । प्रतिवेदनमा भारतसँग पाकिस्तानभन्दा धेरै आणविक हतियार रहेको उल्लेख छ ।
भारतसँग सन् २०२३ मा १६४ आणविक हतियार थिए, जुन २०२४ मा बढेर १७२ पुगेको छ । पाकिस्तानसँग गत वर्ष पनि १७० आणविक हतियार रहेकोमा यो वर्ष अहिलेसम्म कुनै वृद्धि भएको छैन । चीनसँग २०२३ मा ४१० आणविक हतियार थिए, जुन यस वर्ष बढेर ५०० पुगेको छ ।
अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायललगायत नौ आणविक हतियारधारी राष्ट्रहरूले आफ्ना आणविक हतियारको आधुनिकीकरणलाई निरन्तरता दिइरहेका छन् र तीमध्ये धेरैले सन् २०२३ मा नयाँ आणविक-सक्षम प्रणालीहरू तयार गरेका छन्।
आणविक हतियारको मामिलामा अमेरिका र रुस सबैभन्दा अगाडि छन्, जससँग विश्वभरको ९० प्रतिशत आणविक हतियार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर