कलंकीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
मङ्गलबार, ०४ असार २०८१, १९ : ३३
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१४ कंलकीस्थित प्लाजा गल्लीबाट अवैध लागु औषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
२९ ग्राम ३ सय ८० मिलिग्रामसहित बर्दिया गुलरिया नगरपालिका-६ बस्ने ३० वर्षीय विजय गुप्ता र नागार्जुन नगरपालिका-२ सानो भर्याङबाट अवैध लागु औषध खैरो हेरोइन १३ ग्राम २ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने कैलाली लम्कीचुहा नगरपालिका-१ घर भएका ४३ वर्षीय टङ्कबहादुर शाहीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव