कलंकीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
मङ्गलबार, ०४ असार २०८१, १९ : ३३
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१४ कंलकीस्थित प्लाजा गल्लीबाट अवैध लागु औषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
२९ ग्राम ३ सय ८० मिलिग्रामसहित बर्दिया गुलरिया नगरपालिका-६ बस्ने ३० वर्षीय विजय गुप्ता र नागार्जुन नगरपालिका-२ सानो भर्याङबाट अवैध लागु औषध खैरो हेरोइन १३ ग्राम २ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने कैलाली लम्कीचुहा नगरपालिका-१ घर भएका ४३ वर्षीय टङ्कबहादुर शाहीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण