अमरेशको प्रश्न : बालेनले नेपाललाई जर्मनी बनाउन खोजेको हो ?

काठमाडौँ । स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लोकप्रियताका नाममा तानाशाही बन्न लागेको भन्दै कवाड व्यवसायीमाथि भएको दमनको विरोध गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले कवाडीले व्यापार गर्न नपाउने र मेयरले अदालतको आदेश मान्न नपर्ने भन्दै प्रश्न गरे ।
‘पपुलिजमका नाममा दुनियाँमा तानशाही जन्मेका छन् । हिटलर पनि निर्वाचित भएरै आएको थियो । तर हिटलरका कारण जर्मनीको के हाल भयो ?’, सिंहले प्रश्न गर्दै भने, ‘बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो र विभेदमा चल्न खोजेको हो ?’
उनले गणतन्त्रमा एउटा गरिब र एकजना निर्धाले पनि बाच्न पाउने भन्दै मधेसका मानिसले शान्तिपूर्ण आन्दोलन गर्दा किन टाउको फुटाएको भन्दै गृहमन्त्रीलाई समेत प्रश्न गरे । ‘यो विभेद किन भइरहेको छ ? यो स्वीकार्य हुँदैन’, सिंहले भने,‘ अहिलेको प्रधानमन्त्री विभेद अन्त्य गर्न जनयुद्ध गरेर आउनुभएको छ । के देशमा गरिब बस्न नपाउने हो ? हामी कवाडीको आन्दोलनमा साथ दिन्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित