अमरेशको प्रश्न : बालेनले नेपाललाई जर्मनी बनाउन खोजेको हो ?
काठमाडौँ । स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लोकप्रियताका नाममा तानाशाही बन्न लागेको भन्दै कवाड व्यवसायीमाथि भएको दमनको विरोध गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले कवाडीले व्यापार गर्न नपाउने र मेयरले अदालतको आदेश मान्न नपर्ने भन्दै प्रश्न गरे ।
‘पपुलिजमका नाममा दुनियाँमा तानशाही जन्मेका छन् । हिटलर पनि निर्वाचित भएरै आएको थियो । तर हिटलरका कारण जर्मनीको के हाल भयो ?’, सिंहले प्रश्न गर्दै भने, ‘बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो र विभेदमा चल्न खोजेको हो ?’
उनले गणतन्त्रमा एउटा गरिब र एकजना निर्धाले पनि बाच्न पाउने भन्दै मधेसका मानिसले शान्तिपूर्ण आन्दोलन गर्दा किन टाउको फुटाएको भन्दै गृहमन्त्रीलाई समेत प्रश्न गरे । ‘यो विभेद किन भइरहेको छ ? यो स्वीकार्य हुँदैन’, सिंहले भने,‘ अहिलेको प्रधानमन्त्री विभेद अन्त्य गर्न जनयुद्ध गरेर आउनुभएको छ । के देशमा गरिब बस्न नपाउने हो ? हामी कवाडीको आन्दोलनमा साथ दिन्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण