जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार र ठेकेदारहरु मिलेर लुटेः सांसद झा
बुधबार, ०५ असार २०८१, १४ : ०६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर गुठीको जग्गामा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार र ठेकेदारहरुले मिलेर लुट मच्चाइरहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद झाले जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरेको बताए ।
उनले भने, ‘किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया शुरु गर्नुभयो । मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान भयो । त्यसले जनकपुरमा २ कुटी र ७२ कुण्ड सहरको रुपमा निर्माण भयो । तर अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरी सक्यो । सबै स्थानीय प्रशासन जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरु मिलेर त्यहाँका जग्गाको लुट गर्दैछन्। त्यसमा सबै सरोकार साझेदारहरुको ध्यानाकर्षण गराउँदै जिम्मेवार हुन आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण