युवा पुस्तामा निराशा मात्रै छाएको छ : सांसद केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निराशा छाएको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा माग लिँदै सांसद केसीले यस्तो बताएका हुन् ।
सांसद केसीले सदनमा आएका सांसद पनि विद्यार्थीबाट भएर आएको भन्दै विद्यार्थी हुँदा नै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेको बताए । उनले तर अहिलेका युवा विद्यार्थीहरू राजनीतिक, राष्ट्रियता र देशप्रति निराश रहेको बताए । उनले युवाहरूले विदेश भन्दा जानुको पछाडि अरू नदेख्नुको प्रमुख जिम्मेवार सांसद राजनीतिक नेतृत्व हुन आवश्यक रहेको बताए ।
सांसद केसीले प्रमुख राजनीतिक नेतृत्वले मुलुकमा राजनीति राष्ट्र र जनताको लागि नगरेर आफू र आफ्नो परिवारको लागि राजनीति मात्रै गर्दाको परिणाम अहिले लाखौं लाख युवाहरूले देश छाडेर गइरहेको बताए ।
सांसद केसीले मुलुकको अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताए । उनले बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरूले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव