किम जोङ उनले गरे युक्रेनमा रुसी आक्रमणको समर्थन
प्योङ्याङ । यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणमा छन् । बुधबार उनी त्यहाँ पुगेका हुन् ।
पुटिनले त्यहाँ न्यानो स्वागत पाएका छन् । स्वागत समारोहपछि राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिच वार्ता भएको थियो ।
रुसी समाचार एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले एक समाचारमा दुई नेताबिच करिब दुई घण्टा कुराकानी भएको बताएको छ । यस क्रममा किमले युक्रेनमा रुसी आक्रमणको समर्थन गरेको बताइएको छ । रुसी एजेन्सी इन्टरफ्याक्सको रिपोर्ट अनुसार किमले रुससँगको आफ्नो रणनीतिक सहयोगलाई अझ सुदृढ गर्न चाहेको बताएका छन् । पुटिन करिब २४ वर्षपछि उत्तर कोरिया पुगेका छन् ।
यसअघि उनी २००० मा पुटिनले उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यति बेला किमका पिता उत्तर कोरियाका सर्वोच्च नेता थिए । रुसी सञ्चारमाध्यम आरआईएका अनुसार दुई नेताले विस्तृत रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । पुटिनका सल्लाहकार युरी उशाकोभले मंगलबार रुसी सञ्चारमाध्यमलाई यसबारे जानकारी दिएका हुन् । तर सो सम्झौतामा के–के बुँदा समावेश छ भन्ने कुरा भने खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण