गाउसको शानदार ब्याटिङका बाबजुद अमेरिका पराजित
काठमाडौँ । आन्द्रियस गोउसको शानदार अर्धशतकका बाबजुद अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको छ । टी–२० विश्वकपमा सुपर ८ को पहिलो खेलमा अमेरिका १८ रनले पराजित भएको हो ।
दक्षिण अफ्रिकाले जितका लागि प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य पछ्याउँदा अमेरिकाले ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका लागि आन्द्रियस गोउसले शानदार ब्याटिङ गर्दै ४७ बलमा ८० रनको योगदान दिए पनि टोलीलाई जितसम्म डोर्याउन सकेनन् । उनले यस क्रममा ५ चौका र ५ छक्का प्रहार गरे ।
उनले हरमित सिंहसँग मिलेर टोलीका लागि छैटौँ विकेटमा ४३ बलमा ९१ रनको रेकर्ड साझेदारी गरे । सिंहले २२ बलमा ३८ रन जोडे ।
ओपनर स्टिभन टेलरले १४ बलमा २४ रन बनाउँदै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । कोरी एन्डरसनले १२ बलमा १२ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १८ रन खर्चिए । केशव महाराज, एनरिच नोर्टजे र ताब्रियाज साम्सीले १–१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि ओपनर क्वीन्टन डी ककले सर्वाधिक ७४ रनको योगदान दिए । उनले मात्र ४० बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।

डी ककसँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका कप्तान ऐडन मार्क्रमले ३२ बलमा ४६ रन जोडे । उनले चार चौका र १ छक्का हिर्काए ।
हेनरिच क्लासनले २२ बलमा ३६ रन तथा ट्रिस्टन स्टब्सले १६ बलमा २० रन जोड्दै टोलीलाई विशाल योगफल तर्फ पुर्याए ।

अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिए । नेत्रभाल्करले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए । सिंहले ४ ओभरमा २४ रन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण