बीएण्डसी मेडिकल कलेजलाई अब विश्वविद्यालय बनाउँछौँ : दुर्गा प्रसाईं
काठमाडौँ । झापास्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाएसँगै सञ्चालक दुर्गा प्रसाईंले अब विश्वविद्यालय बनाउनतिर लाग्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईले मेडिकल कलेजले सम्बन्धन पाएसँगै अब प्राइभेट युनिभर्सिटी बनाउनतिर लाग्ने बताएका हुन् ।
‘अब सुदूर पूर्वमा पनि एउटा मेडिकल कलेज खुल्यो । मेडिकल कलेजलाई युनिभर्सिटी बनाउनतिर लान्छौँ । र एउटा प्राइभेट युनिभर्सिटी बनाउने मेरो इच्छा छ । युनिभर्सिटी बनाउन पायो भने कमसेकम एक लाख मान्छेले रोजगारी पाउथे भन्ने मेरो चाहना हो,’ प्रसाईंले भने ।
मेडिकल कलेजले लामो समयदेखि सम्बन्धन नपाएपछि प्रसाईंले सात वर्ष अगाडि सर्वोच्चमा मुद्दा हालेका थिए । उक्त मुद्दामाथि फैसला गर्दै सर्वोच्चले १५ दिनभित्रमा सम्बन्धन दिन आदेश जारी गरेको थियो । सोही आधारमा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको मंगलबार बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो ।
प्रसाईंले सर्वोच्चमा मुद्दा हालेको सात वर्षपछि न्याय पाएको बताए । आफू अन्यायमा परेको लामो समयपछि सर्वोच्चले न्याय दिएको उनको भनाइ छ । त्यस्तै काठमाडौँ विश्वविद्यालयले समेत १० वर्ष अगाडि नै दिनुपर्ने सम्बन्धन आज दिएको बताए ।
‘सर्वोच्चमा ७ वर्ष अगाडि मुद्दा हालेको थिए । अहिले आएर मलाइ सर्वोच्चले न्याय दियो । म अन्यायमा परेको थिए । सर्वोच्चले न्याय दियो । म धन्यवाद दिन चाहन्छु । मलाई काठमाडौँ विश्वविद्यालयले आजभन्दा १० वर्ष अगाडि दिनुपर्ने सम्बन्धन १० वर्ष पछाडि दियो । त्यसका लागि विश्वविद्यालयलाई पनि धन्यवाद,’ प्रसाईंले भने, ‘सम्माननीय प्रधानमन्त्री तथा आयोगका अध्यक्षतामा बसेको आयोगको बैठकले बीएण्डसीलाई विद्यार्थी पढाउन दिने निर्णय गर्नुभएको छ । त्यसका लागि उहाँलाई पनि धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण