माछापुच्छ्रे बैंकद्वारा दुई संस्थालाई सहयोग
काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ ।
जसअनुसार बैंकले कास्कीको पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करिणी परोपकार गोकुलधामलाई सडकमा जथाभाबी छोडिएका पशु चौपाया र विशेष गरी नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण एवं व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।
छाडा पशु चौपायाको व्यवस्थापनले सडकमा हुने विभिन्न प्रकारका दुर्घटना न्यूनीकरण हुनुका साथै सडकमा छोडिएका पशु चौपायाको जीवन रक्षाको लागि बैंकले उक्त सहयोग गरेको बैंकले जनाएको छ ।
मंगलबार आयोजित कार्यक्रमका बिच बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले पुष्करिणी परोपकार गोकुलधामलाई उक्त आर्थिक सहयोग प्रदान गरे ।

यसैगरी बैंकले वाग्लुङ्ग जिल्ला स्थित जैमीनी नगरपालिकाको छिस्तीमा रहेको वसन्त माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गरेको छ । आर्थिक स्रोतको अभावका कारण निर्माणाधीन विद्यालय भवनको निर्माण कार्यमा अवरोध आइरहेको जानकारीमा आएपछि बैंकले उक्त विद्यालयको निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । बुधबारका दिन बैंक सञ्चालक समिति सदस्य बन्दना केसी तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रूपमा उक्त पूर्वाधार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरे ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण