बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जानकी गाउँपालिकाले ल्यायो ६८ करोड ५६ लाखभन्दा बढीको बजेट

बिहीबार, ०६ असार २०८१, २० : ५९
बिहीबार, ०६ असार २०८१

धनगढी । कैलालीको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ को लागि ६८ करोड ५६ लाख १८ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ ।

बुधबार र बिहीबारसम्म चलेको गाउँपालिकाको १४औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम र बजेट कार्यक्रम ल्याएको हो ।

गाउँपालिका अध्यक्ष गणेश चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरी सुरु भएको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक लालमति देवी कठरियाले आगामी आव. ०८१/०८२ का लागि ६८ करोड ५६ लाख १८ हजारको बजेट कार्यक्रम प्रस्तुत गरेकी थिइन् । जसमध्ये चालू खर्चतर्फ ६१ दशमलव ४१ प्रतिशत अर्थात ४२ करोड १० लाख ६० हजार रहेको छ भने पुँजीगततर्फ ३८ दशमलव ५९ प्रतिशत अर्थात २६ करोड ४५ लाख ५७ हजार ९ सय विनियोजन गरिएको हो ।

गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गर्दै गाउँ अधिवेशन सम्पन्न भएको छ । यो बजेट चालू आव ०८०/०८१ को भन्दा बढी हो । गाउँपालिकाले चालू आव ०८०/०८१ मा ६१ करोडको बजेट ल्याएको थियो ।

आगामी आवको लागि सार्वजनिक गरिएको बजेट कार्यक्रम यथार्थ आयको आधारमा आएकोले प्रभावकारी कार्यान्वयनमा हुने गाउँपालिका अध्यक्ष गणेश चौधरीले प्रतिक्रिया दिए ।

जानकी गाउँपालिका सुदूरपश्चिम प्रदेशका पालिकाहरू मध्ये सबैभन्दा पहिले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप