जानकी गाउँपालिकाले ल्यायो ६८ करोड ५६ लाखभन्दा बढीको बजेट
धनगढी । कैलालीको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ को लागि ६८ करोड ५६ लाख १८ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ ।
बुधबार र बिहीबारसम्म चलेको गाउँपालिकाको १४औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम र बजेट कार्यक्रम ल्याएको हो ।
गाउँपालिका अध्यक्ष गणेश चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरी सुरु भएको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक लालमति देवी कठरियाले आगामी आव. ०८१/०८२ का लागि ६८ करोड ५६ लाख १८ हजारको बजेट कार्यक्रम प्रस्तुत गरेकी थिइन् । जसमध्ये चालू खर्चतर्फ ६१ दशमलव ४१ प्रतिशत अर्थात ४२ करोड १० लाख ६० हजार रहेको छ भने पुँजीगततर्फ ३८ दशमलव ५९ प्रतिशत अर्थात २६ करोड ४५ लाख ५७ हजार ९ सय विनियोजन गरिएको हो ।
गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गर्दै गाउँ अधिवेशन सम्पन्न भएको छ । यो बजेट चालू आव ०८०/०८१ को भन्दा बढी हो । गाउँपालिकाले चालू आव ०८०/०८१ मा ६१ करोडको बजेट ल्याएको थियो ।
आगामी आवको लागि सार्वजनिक गरिएको बजेट कार्यक्रम यथार्थ आयको आधारमा आएकोले प्रभावकारी कार्यान्वयनमा हुने गाउँपालिका अध्यक्ष गणेश चौधरीले प्रतिक्रिया दिए ।
जानकी गाउँपालिका सुदूरपश्चिम प्रदेशका पालिकाहरू मध्ये सबैभन्दा पहिले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण