सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन माग
काठमाडौँ । सगरमाथा आरोही सङ्घले सगरमाथा आधार शिविरभन्दा माथि हुने हेलिकप्टर उडानको प्रभावकारी अनुगमन गर्न माग गरेको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै सगरमाथा क्षेत्रमा हेलिकप्टर कसरी र किन उडे भन्ने विषयमा नियामक नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुगमन बढाउनुपर्ने खाँचो औँल्याएको हो ।
साथै सङ्घले सगरमाथालगायत हिमाली क्षेत्रलाई संरक्षण गर्न कडा कानुनी व्यवस्था गर्न पनि सरकार समक्ष माग गरेको छ । हिमाल आरोहणलाई व्यवस्थित गर्न तथा आगामी दिनमा आठ हजार मिटरको हिमाल आरोहण गरेकालाई मात्र सगरमाथा आरोहणको अनुमति दिन सङ्घले सुझाएको छ ।
सगरमाथा क्षेत्रबाट समाचार सम्प्रेषणमा एकद्वार प्रणाली कायम नहुँदा सगरमाथाबारे गलत प्रचार प्रसारको जोखिम बढिरहेकोमा पनि सञ्चारमाध्यमहरुलाई ध्यानाकर्षण गराएको छ ।
सगरमाथा आधार शिविरमा पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सुरक्षाकर्मीसहितको कमाण्ड र सरोकारवाला सङ्घ–संस्था संलग्न अनुगमन टोली बनाएको खण्डमा सगरमाथा आधार शिविर र सो भन्दा माथिको कार्य प्रभावकारी हुने सङ्घले विज्ञप्तिमा जनाएको छ ।
सङ्घको एक प्रतिनिधिमण्डलले हालै गरेको अध्ययन अनुसन्धानबाट सगरमाथाको दोस्रो शिविरमा प्रति आरोही न्यूनतम आठ केजी र सो भन्दा माथि थप आठ केजी फोहर जम्मा हुने देखिएको थियो । ती फोहोर आरोहणमा संलग्न व्यक्तिहरुले आधार शिविरमा ल्याए नल्याएको अनुगमन गनुपर्नेमा सङ्घले जोड दिएको छ ।
झुटो उद्धारलाई निरुत्साहित गर्न उद्धारमा प्रयोग भएका हेलिकप्टरको आवश्यक बिल तथा भरपाइ नेपाल सरकार तथा सरोकार भएका निकायले निरीक्षण गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ । यस वर्ष सङ्घका प्रथम उपाध्यक्ष दिवस घिमिरे र महासचिव शिवबहादुर सापकोटासहितको टोलीले सगरमाथा आधार शिविरमा आरोहणमा हुने विविध विषयबारे अध्ययन तथा अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण