कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको विजयी सुरुवात
काठमाडौँ । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान भएको ४८ औँ कोपा अमेरिकाको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । गोलरहित बराबरीमा पहिलो हाफ सकिएको थियो । अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा निकालेको हो । खेलको ४९ औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले म्याक एलिस्टरको पासमा गोल गरेका हुन् ।
खेलको ८८ औँ मिनेटमा अल्भारेजले कप्तान लियोनल मेस्सीको पासमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो । त्यसपछि बाँकी समयमा दुवै टिमबाट गोल नभएपछि अन्ततः अर्जेन्टिनाले २–० को जित पक्का गर्न सफल भयो । जितपछि समूह ए मा अर्जेन्टिनाले महत्त्वपूर्ण ३ अङ्क हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण