साउदीमा हज गर्न गएका ९८ जना भारतीयको मृत्यु
नयाँ दिल्ली । यसवर्ष साउदी अरबमा हजका लागि गएका ९८ भारतीयको मृत्यु भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार यस वर्षको हालसम्मको अवधिमा १ लाख ७५ हजार तीर्थयात्री हजका लागि गएका थिए ।
अत्यधिक गर्मीका कारण साउदी अरबमा धेरै देशका नागरिकको मृत्यु भएको छ । साउदी अरबमा मृत्यु हुनेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरिएको छैन तर अहिलेसम्म ९०० भन्दा बढी तिर्थालुको मृत्यु भएको अनुमान गरिएको छ ।
‘हरेक वर्ष ठुलो सङ्ख्यामा भारतीय तीर्थयात्री हज जान्छन् । यो वर्ष अहिलेसम्म १ लाख ७५ हजार भारतीय हज गएका छन् । अहिलेसम्म साउदी अरबमा ९८ भारतीयको मृत्यु भएको छ’ भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका छन् ।
साउदी अरबमा हजका क्रममा ज्यान गुमाएका मानिसलाई त्यहीँ गाडिन्छ । हरेक वर्ष विश्वभरबाट लाखौं तीर्थयात्री मक्का र मदिनामा जान्छन् । हजको समयमा मर्नु र साउदी अरबमा गाड्नुलाई मुस्लिमहरूले सौभाग्य ठान्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण