रुपसिंहले न्युजिल्याण्ड च्याम्पियनसिप खेल्ने
शुक्रबार, ०७ असार २०८१, २१ : ४०
काठमाडौँ । आईटीएफ तेक्वान्दो खेलाडी रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तर्राष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिप खेल्ने भएका छन् । जुन २४ देखि २६ तारिकसम्म न्युजिल्याण्डमा हुने अन्तर्राष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिपमा रुपसिंहले नेपालबाट सहभागिता जनाउने भएका हुन् ।
न्युजिल्याण्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा हुने प्रतियोगितामा ५० भन्दा बढी देशका खेलाडी तथा अफिसियल सहभागी हुनेछन् ।
बिहीबार एक कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र बोर्ड सदस्य अन्जन धमलाले तामाङलाई बिदाइ गरेका छन् । उनी शुक्रबार न्युजिल्याण्ड प्रस्थान गरेका छन्।
आईटीएफ तेक्वान्दो पाँचौँ डान रहेका तामाङले आईटीएफको दुई वल्ड च्याम्पियनसिपमा सहभागिता जनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण