फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेलेपछि उपाधि होडबाट बाहिरियो पोल्यान्ड
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताका शनिबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सले फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको छ । बराबरी नतिजासँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।
फ्रान्स दुई र नेदरल्यान्ड्स एक पटकको युरोकप च्याम्पियन राष्ट्र हा । फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेलेपछि पोल्यान्ड भने उपाधि होडबाट बाहिरिएको छ ।
बाँकी तीनवटै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ । समूह ‘डी’ तालिकामा नेदरल्यान्ड्स चार अङ्कसहित पहिलो र फ्रान्स पनि समान अङ्क बटुल्दै दोस्रो स्थानमा छन् ।
अस्ट्रियाको तीन अङ्क छ भने पोल्यान्डले खाता खोल्न सकेको छैन । चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । शुक्रबार राति खेलिएको खेलमा अस्ट्रियाले पोल्यान्डलाई ३–१ गोलले हराएको थियो ।
नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा पोल्यान्डलाई २–१ गोलले पराजित गरेको थियो । उपाधिको बलियो दाबेदार मानिएको फ्रान्सले भने आफ्नो पहिलो खेलमा अस्ट्रियालाई १–० गोलले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण