नासामाथि अमेरिकी परिवारले हाल्यो मुद्दा
आइतबार, ०९ असार २०८१, ११ : २४
वासिङ्टन डिसी । फ्लोरिडाको नेपल्सस्थित एक परिवारले नासामाथि मुद्दा हालेको छ । आकाशबाट खसेको एउटा सानो टुक्राले घरको छतमा क्षति पुर्याएको भन्दै परिवारले ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा हालेको हो ।
घटना यही मार्च ८ को हो । त्यतिबेला ७०० ग्राम तौल भएको वस्तु अलेजांद्रो ओटेरोको घरमाथि खस्दा छतमा प्वाल परेको थियो । त्यतिबेला ओटेरोका छोरा घरमै थिए । तर यस घटनामा कसैलाई पनि चोट नलागेको बताइएको छ । घरमा खसेको वस्तु प्रयोग भएको ब्याट्रीको कार्गो प्लेटको हिस्सा भएको नासाले पुष्टि गरेको छ ।
यसलाई सन् २०२१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फोहोरको रूपमा छोडिएको थियो । प्रायजसो पृथ्वीको सतहमा प्रवेश गर्ने बित्तिकै यी वस्तुहरू जलेर नष्ट हुन्छन् । तर यो भनेर बचेकाे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण