६ बलमा ५ विकेट गुमाएपछि १ सय १५ रनमा सीमित बन्यो अमेरिका
आइतबार, ०९ असार २०८१, २१ : ५३
ब्रिजटाउन । क्रिस जोर्डनको घातक बलिङपछि अमेरिका इंग्ल्यान्डसामु मात्र १ सय १५ रनमा सीमित बनेको छ । सुपर ८ को समूह २ अन्तर्गतनको खेलमा अमेरिका नाटकीय पतनको समाना गर्दै १८.५ ओभरमा अलआउट हुन पुग्यो ।
टोलीका लागि नितिश कुमारले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे । कोरी एन्डरसनले २८ बलमा २९ रनको योगदान दिए ।
त्यस्तै, हरमित सिंहले १७ बलमा २१ रन जोडे भने स्टिभन टेलरले १२ तथा कप्तान एरोन जोन्सले १० रन बनाए ।
यता, जोर्डनले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले २.५ ओभरमा १० रन मात्र खर्चिए । ५ विकेटको क्षतिमा ११५ रन बनाएको अमेरिकाले ६ बलको अन्तरमा बाँकी ५ विकेट कुनै पनि रन नजोडी गुमाउन पुग्यो ।
साम करन र आदिल रसिदले पनि २–२ विकेट हात पारे भने रिस टोप्ले र लियाम लिभिङ स्टोनले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण