बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा डुबेका युवकको शव फेला

आइतबार, ०९ असार २०८१, २३ : ००
आइतबार, ०९ असार २०८१

चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१३ बाटुली खोलास्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीले आइतबार फेला पारेको छ ।

बाग्लुङ जिल्लाको काठखोला गाउँपालिका–३ भन्जादेउराली घर भई भरतपुर महानगरपालिका–८ बस्ने २७ वर्षीय सुजन घर्ती पौडी खेल्ने क्रममा आज दिउँसो ३ः०० बजे पोखरीमा डुबेका थिए ।

सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट खटिएको विपद् व्यवस्थापनसहितको फौजले उनको शव पोखरीबाट बाहिर निकालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप