बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

सोमबार, १० असार २०८१, ०८ : ११
सोमबार, १० असार २०८१

बुटवल । लुम्बिनी प्रदेश सभाकाे बैठक सोमबार बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रदेश सभाको १८ औँ बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ हुने छलफल सम्भावित कार्यसूचीमा राखिएको छ । 

जसमा मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमाथि छलफल हुने छ । सुरुमा सहरी विकास तथा खानेपानी मन्त्रालयमाथि छलफल हुनेछ । त्यसपछि भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय माथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप