बढ्यो बैंक तथा वित्तीय क्षेत्रको खुद सम्पत्ति
काठमाडौँ । २०८० पुस मसान्तसम्मको तथ्याङ्क अनुसार नेपाली बैंक तथा वित्तीय संस्थाहरुको खुद सम्पत्ति ८७ खर्बभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंक वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षण २०८०/८१ अनुसार वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा आन्तरिक सम्पत्ति ६९ खर्ब ४३ अर्ब ९ करोड पुगेको हो । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्क हो ।
२०८० असार मसान्तमा १४ खर्ब ४७ अर्ब ६ करोड रुपैयाँ रहेको वैदेशिक सम्पत्ति ६.६ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा १५ खर्ब ४४ अर्ब ९९ करोड पुगेको र २०८० पुस मसान्तमा थप १९.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
यसैगरी आन्तरिकतर्फ वित्तीय क्षेत्रको दाबी २०८० असार मसान्तमा ६८ खर्ब ४० अर्ब ६८ करोड रुपैयाँ रहेकोमा २०८० असोज मसान्तसम्ममा ०.५ प्रतिशतले वृद्धि भई ६८ खर्ब ७४ अर्ब ४३ करोड पुगेको र २०८० पुस मसान्तमा थप १.५ प्रतिशतले वृद्धि भई ६९ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
- सरकारमाथिको खुद दाबी घट्यो
तथापि, समीक्षा अवधिमा वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी भने केही घट्न पुगेको छ । २०८० असार मसान्तमा १० खर्ब २४ अर्ब ९५ करोड रुपैयाँ सरकारमाथिको दाबी रहेकोमा ४.६ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा ९ खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँमा झरेको र २०८० पुस मसान्तमा थप ८.३ प्रतिशतले घट्न गई ९ खर्ब ४० अर्ब ३४ करोडमा झरेको केन्द्रीय बैंकले जनाएको छ ।
यसैगरी वित्तीय क्षेत्रको सार्वजनिक गैर–वित्तीय संस्थामाथिको दाबी २०८० असार मसान्तमा ३६ अर्ब ७६ करोड रुपैयाँ रहेकोमा १६.४ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा ३० अर्ब ७४ करोड रुपैयाँ रहेकोमा २०८० पुस मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई ३६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २०८० असार मसान्तमा ५७ खर्ब ७८ अर्ब ९७ करोड रुपैयाँ रहेकोमा १.५ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा ५८ खर्ब ६६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने २०८० पुस मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई ५९ खर्ब ६५ अर्ब ९२ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण