टेस्लाले निकाल्यो १४ प्रतिशत कर्मचारी
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाले १४ प्रतिशत कर्मचारीलाई कामबाट निकालेको छ । आफूले हेरेको डकुमेन्टहरूले यस्तो देखाएको भन्दै सीएनबीसीले समाचार छापेको छ ।
सन् २०२३ यता कम्पनीले अस्थायी कर्मचारी समेत गरेर भारी मात्रामा कर्मचारी कटौती गरिरहेको थियो । यो वर्षको अहिलेसम्मको अवधिमा जागिरबाट निकालिएका कर्मचारीको सङ्ख्या १४ प्रतिशतमाथि पुगेको बताइएको छ ।
अहिले विश्वभर कम्पनीका कूल १ लाख २१ हजार कर्मचारी छन् । यो कर्मचारीको सङ्ख्या कम्पनीले तलबसम्बन्धी डेटाबाट लिइएको होइन । टेस्लाको इमेलको ‘सबै जना’ को सूचीमा रहेको मान्छेको सङ्ख्या हो । यो भनेको गएको वर्षको तुलनामा १४ प्रतिशत कम हो ।
जुन १७ मा मस्कले कम्पनीमा कार्यरत सबै जना कर्मचारीलाई एउटा इमेल पठाएका थिए । आगामी केही दिनमा कम्पनीले अभूतपूर्व प्रदर्शन गर्ने कर्मचारीलाई स्टक अप्सन (बेच्न मिल्ने शेयर) दिनका लागि विस्तृत समीक्षा गर्ने इमेलमा भनिएको छ ।
कम्पनीका लागि केही अद्भूत काम गर्नेलाई पनि स्टक अप्सन दिइने बताइएको छ । टेस्लाले यसअघि स्टक अप्सन वितरण बन्द गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण