बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मनहरीले ल्यायो ९० करोड रुपैयाँ बजेट

सोमबार, १० असार २०८१, १३ : ३४
सोमबार, १० असार २०८१

हेटौँडा ।  मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ९० करोड १३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

सोमबार सम्पन्न गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सीता पुलामीले आर्थिक वर्ष २०८१/०८२ को लागी ९० करोड १३ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा ३ करोड रुपैयाँ कम बजेट ल्याएको हो । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ९३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा आन्तरिक राजस्व समेत घटेकाले सोको प्रभाव बजेटमा पनि पर्न गरेको उपाध्यक्ष पुलामीले बताइन् ।

उनका अनुसार गाउँपालिकाले कुल बजेट मध्ये आन्तरिक आय स्रोतबाट ३० करोड २७ लाख ९४ हजार रुपैयाँ  रहने अनुमान गरेको छ । संघीय सरकारको वित्तिय समानीकरण अनुदान, राजश्व बाँडफाँट, समपूरक, सशर्त र विशेष गरी ३५ करोड ३६ लाख ५५ हजार रुपैयाँ, प्रदेश सरकारको समानीकरण अनुदान, सवारी कर वाँडफाड, सशर्त, समपूरक र विशेष गरी ६ करोड २८ लाख १० हजार रुपैयाँ प्राप्त हुनेछ । 

१८ करोड ०७ लाख ५२ हजार रुपैयाँ संघीय सरकार राजस्व बाँडफाँड, प्रदेश सरकार सवारी कर, बन रोयल्टी तथा अन्य निकायबाट प्राप्त हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल बजेटमध्ये संघीय सरकारको सशर्त र समपूरक गरी ३५ करोड ३६ लाख ५५ हजार रुपैयाँ, प्रदेश सरकारको समपूरक, विशेष र सशर्त तर्फ ६ करोड २८ लाख १० हजार रुपैयाँ, संघ र प्रदेश सरकारले उपलब्ध गराएको समपूरक बजेटमा गाउँपालिकाको तर्फबाट समेत गरी २ करोड ८२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रशासनिक चालु खर्च तथा कार्यक्रम खर्च तर्फ १६ करोड ५० लाख २२ हजार रुपैयाँ, विषयगत कार्यक्रम क्रियाकलाप तर्फ ३० करोड ७३ लाख ४७ हजार रुपैयाँ, वडा स्तरीय योजना तर्फ ९ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिका स्तरीय योजना र पूर्वाधार विकास योजनाका लागि ३३ करोड ३६ लाख ४३ हजार रुपैयाँ  सुशासन, संस्थागत विकासका लागि १३ करोड ५९ लाख ७२ हजार रुपैयाँ, आर्थिक विकास तर्फ ४ करोड ३ लाख १० हजार रुपैयाँ, सामाजिक विकास तर्फ २८ करोड ९० लाख ८७ हजार रुपैयाँ, पूर्वाधार विकास तर्फ ३३ करोड ३६ लाख ४३ हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप