छाउगोठमा बलात्कृत किशोरीलाई न्यायसहित क्षतिपूर्तिको व्यवस्था मिलाउन सांसद शाहको माग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले असार ३ गते राति अछाम पञ्चदेव नगरपालिका–२ की किशोरी छाउगोठमा भएकाे बलात्कारको घटनाको अनुसन्धानका लागि जोडदार माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पीडित किशोरीमाथि भएको बलात्कारको घटनाको निष्पक्ष अनुसन्धान गरी न्याय दिन र पीडकलाई कडा कारबाही गर्न माग गरेका हुन् ।
उनले भने, ‘घटनाको अनुसन्धान गरी पीडित नाबालिकालाई न्यायसहित क्षतिपूर्तिको व्यवस्था मिलाउन र पीडक बलात्कारीलाई कडाभन्दा कडा कानुनी कारबाहीका लागि जोडदार माग गर्दछु ।’
अछाममा छाउगोठ भत्काउने अभियान तीव्र रूपमा सञ्चालन हुँदासमेत पटक–पटक बलात्कारका घटना दोहोरिएको उनले बताए । सांसद शाहले सामाजिक र सांस्कृतिक कुरीति हटाउनका लागि राज्यस्तरबाटै विशेष व्यवस्थाका लागि माग गरे ।
साथै संसद् सचिवालयका कर्मचारीले ११ बुँदे माग राखी गरिरहेको आन्दोलनको सम्बोधन गर्ने सम्बन्धित निकायलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
-
मौन आँसुको जिम्मेवारी
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण