बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
समाचार

कुर्सी हानाहानपछि जीतपुरसिमराको नगरसभा स्थगित

सोमबार, १० असार २०८१, १४ : ४६
सोमबार, १० असार २०८१

बारा । जीतपुर सिमरा उपमहानगरमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको छ । बजेट पेस गर्ने दिन बिहानैबाट एमाले र केही कांग्रेसका वडाध्यक्षहरू विरोधमा उत्रेका थिए ।

नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा छिर्नसाथ उनीहरुले हुलदङ्गा गरेका थिए । उनीहरुले नगर सभास्थलमा रहेका कुर्सी र टेबल समेत तोडफोड गरेका छन् । 

jitpur-jhadap (1)

यसरी तोडफोड र विरोधमा उत्रने वडाध्यक्षहरुमा जीतपुर सिमरा उपमहानगरका वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर  १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी र ७ का सुनिल गुप्तालगायत छन् ।  वडाध्यक्षहरूको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको घोषणा गरिएको छ ।

jitpur-jhadap (2)jitpur-jhadap (3)jitpur-jhadap (4)jitpur-jhadap (5)jitpur-jhadap (6)jitpur-jhadap (7)jitpur-jhadap (8)jitpur-jhadap (9)jitpur-jhadap (10)jitpursimara.................

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप