डोल्पाको सडक निर्माणमा भ्रष्टाचार : तीन जनालाई कैद र जरिवाना
काठमाडौँ । विशेष अदालतले डोल्पाको मुड्केचुला गाउँपालिकाको घुम्चो खोलादेखि महादेवसम्मको सडक निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तीन जनलाई दोषी ठहर गर्ने फैसला सुनाएको छ।
आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उपभोक्ता समितिका अध्यक्ष, गाउँपालिकाका इन्जिनियर र ओभरसियरलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो ।
गाउँपालिकाका निमित्त वडाध्यक्षसहितका स्वीकृतकर्ताको भने संलग्नता पुष्टि नभएको भन्दै विशेष अदालतले सफाइ दिएको छ । बढी रकमको बिल भौचर बनाउन स्वीकृत गरेका गाउँपालिकाका दुई कर्मचारीहरू इन्जिनियर देवराज रावत र ओभरसियर दीपनारायण यादवलाई दोषी ठहर गरेको छ। विशेषले उनीहरूलाई जनही तीन महिना कैद र तीन लाख ६५ हजार ९५० रुपैयाँ ७६ पैसा जरिवानाको हुने फैसला सुनाएको छ।
यस्तै, घुम्चो खोलादेखि महादेवसम्मको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रोकायालाई पनि दोषी ठहर गरेको छ । अदालतले अध्यक्ष रोकायालाई तीन लाख ६५ हजार ९५० रुपैयाँ ७६ पैसा जरिवाना हुने र कैद भने नहुने फैसला सुनाएको छ। उक्तm रकम कायम भएको बिगो १० लाख ९७ हजार ९५० रुपैयाँ २९ पैसा उनीबाटै असुल हुने विशेषको फैसलामा उल्लेख छ।
गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, सडक आयोजना सञ्चालन भएको मुड्केचुला गाउँपालिका–८ का तत्कालीन कार्यवाहक वडाध्यक्ष धनबहादुर रोकाया, तत्कालीन कार्यपालिका सदस्य रामकुमार नेपाली, वडा प्राविधिक इशारा बुढा, घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष निर्मला रोकायालाई भने विशेषले सफाइ दिएको छ । अख्तियारले निमित्त प्रशासकीय अधिकृत डाँगीले उनीहरूले ल्याएको काम गरेकोभन्दा बढी बिल भरपाई सदर गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण