यो हो विश्वको सबैभन्दा साँघुरो सहर
बेइजिङ । संसारको सबैभन्दा साँघुरो मानिएको सहर कुन हो ? धेरै मानिसहरू यस्तो सहरको अस्तित्वबारे अनभिज्ञ होलान् । आज हामी तपाईंलाई यस्तै एउटा यस्तो सहरबारे बताउन गइरहेका छौँ, जहाँ घुम्न जाने हरेको मन डरले हर क्षण सायद काँप्छ होला । यो सहर दुई पहाडको बिचमा बगेको नदीको साँघुरो किनारमा छ । यसले गर्दा पनि यो सहरलाई साँघुरो सहर भनिएको हुन सक्छ ।
तर यो सहर हामीले सोचेजस्तो सानो भने छैन । यहाँ ५ लाखभन्दा बढी मानिस बस्छन् । अनि यो सहरको नाम हो यान्जिन । सहर नान्क्सी नदीको दुवै किनारमा बसेको छ । यो चीनको प्रमुख सहर हो । यति बेला यो सहरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पहाडको बिचमा बगिरहेको धमिलो खोलाको किनारमा टन्नै घरहरू बनेका छन् । यहाँ केही ठुला अपार्टमेन्टहरू पनि छन् । चीनको युनान प्रान्तमा अवस्थित यस सहरलाई विश्वको सबैभन्दा साँघुरो सहर मानिन्छ । पहिलो पटक यो सहर देख्नेलाई यो काल्पनिक फिल्म वा वृत्तचित्रको अंश जस्तो लाग्दो हो । सहर जति सुन्दर छ यहाँको जनजीवन उति नै कठिन छ ।
यो सहरको सबैभन्दा साँघुरो क्षेत्र ३० मिटर मात्रै छ । सबैभन्दा फराकिलो ठाउँ ३०० मिटरको छ । खोलाको दुवै छेउमा सडक छन् । खोलाका कारण यी सडकहरू कैयौँ किलोमिटर लामो छन् ।सडकको किनारमा घरहरू छन् तर खोला आरपार गर्ने पुलको सङ्ख्या निकै कम छन् । बाढीको समयमा घर नडुबोस्, बाढीको पानी घरभित्र नपसोस् भनेर नदी किनारका भवनहरूमा कयौँ तलामा पिल्लर मात्रै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण