बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मङ्गलबार, ११ असार २०८१, ०७ : ४५
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक माथि छलफल हुने कार्यसूची रहेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न बनेको विधेयक (विनियोजन विधेयक) गत असार ७ गते प्रदेशसभा बैठकमा पेस गरेको थियो । उक्त विधेयक माथि प्रदेश सांसदहरूले मन्त्रालयगत रूपमा छलफल गर्ने बैठकको कार्यसूची तय भएको हो । बैठकमा सांसदहरूले मन्त्रालयगत बजेट कार्यक्रममा खर्च कटौतीको प्रस्ताव समेत राख्नेछन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ करोड ५४ लाख रुपैयाँको बजेट ल्याएको छ । गत असार १ गते संसदमा प्रस्तुत भएको उक्त बजेटमाथि असार ७ गतेबाट छलफल प्रारम्भ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण