सातौँ एसिया अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई पाँच स्वर्णसहित सात पदक
काठमाडौं । नेपालले सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जितेका हुन् । प्रतियोगितामा नेपालले पाँच स्वर्णसँगैथप १ रजत र १ कांस्य पनि जितेको हो । नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा १ गरी ७ पदक जितेका हुन् ।
पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले स्वर्ण जिते । पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारे ।
भारतको गोआमा जुन २१ देखि २३ तारिखसम्म भएको प्रतियोगिताको सब जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा यु–१२ एकल पुम्सेमा आभास देवले कांस्य प्राप्त गरे । नेपाली टोलीको प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण