बैंकमा रहेको लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सहज गर्छौँ : अर्थसचिव मरासिनी
काठमाडौँ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बैंकहरूमा रहेको ६ खर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहज गर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्दै सचिव मरासिनीले सरकारले पारदर्शी रूपमा नै बजारलाई चलायमान बनाउने बताएका हुन् ।
उनले अर्थ मन्त्रालयले बैंकमा भएको ६ सय अर्ब लगानीयोग्य रकमलाई नीतिगत रूपमा सहजीकरण गरी बजारमा जाने वातावरण बनाउने बताए । उनले उक्त पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गरे ।
उनले भने, ‘राजश्वमा दबाब परेको कारणले गर्दा पनि अर्थतन्त्रमा ब्याडलक छ । अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जा र बीमाको केही पैसा भुक्तानी निकासा गरिसकेका छौ । रकम दुरुपयोग भन्ने अखबारहरूमा समाचार आउँछ अनि हामीलाई पनि केही काम गर्न लाग्दा कुन अखबारमा के लेखेको छ हर्नुपर्ने भएको छ । चालु आर्थिक वर्षको अन्तिम असार महिनामा छौँ । खर्च बढ्नु पर्ने बेला छ । हामीले हर्ने अहिले बजेट जति छरपस्ट भए पनि अन्तिममा खर्च हुँदैन । त्यसलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरवलाई तिर्ने हो । नयाँलाई हामी पनि दिँदैनौँ । हामी पनि पारदर्शी छौँ । हाम्रो पारदर्शिता माथि धेरै प्रश्न भइरहन्छ । पारदर्शी रूपमा नै बजारलाई चलायमान बनाउने हो । अर्थ मन्त्रालयले बैंकमा भएको ६ सय अर्ब लगानी योग्य रकमलाई प्राथमिकताका साथ हेरी रहेका छौँ । त्यो पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनै पनि कसर बाँकी राख्दैनौँ । आर्थिक नीतिमा कहाँ कति सुधार गर्नुपर्ने हो । त्यो गर्छौँ । बैंकहरूमा रहेको ६ सय अर्ब रुपैयाँ बजारमा जान सहज गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण