दिल्ली उच्च अदालतबाट केजरीवालले पाएनन् राहत
नयाँ दिल्ली । रक्सी घोटालासम्बन्धी मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई उच्च अदालतले जमानत दिएन । दिल्लीको राउज एभिन्यू अदालतको फैसलालाई उल्टाउँदै उच्च अदालतले अरविन्द केजरीवालको जमानत खारेज गरेको हो ।
जुन २० मा दिल्लीको राउज एभिन्यू अदालतले यस मामिलामा अरविन्द केजरीवाललाई जमानत दिएको थियो । तर सोही दिन प्रवर्तन निर्देशनालय (ईडी)को याचिकापछि उच्च अदालतले राउज एभिन्यू अदालतको निर्णयमा रोक लगाएको थियो । जमानत निवेदनको सुनुवाइका क्रममा यसअघिका कागजातमा ध्यान नदिएको उच्च अदालतको भनाइ छ । साथै, सम्पत्ति शुद्धीकरण निवारण ऐनमा तोकिएका जमानतका शर्तहरू पनि उच्च अदालतका न्यायाधीशले राम्ररी छलफल नगरेको बताइएको छ ।
यो रोकविरद्ध अरविन्द केजरीवाल सर्वोच्च अदालतमा गएका थिए । तर सर्वोच्च अदालतले यस विषयमा उच्च अदालतलाई नै निर्णय दिन भनेको थियो ।
उच्च अदालतको फैसलापछि सर्वोच्च अदालतले बुधबार अरविन्द केजरीवालको याचिकामा सुनुवाइ गर्नेछ । केजरीवाललाई दिल्लीको अन्तःशुल्क नीतिमा घोटाला गरेको भन्दै यही वर्ष मार्च २१ मा ईडीले समातेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण