लुम्बिनी प्रदेश : बजेटमाथि निरन्तर छलफल, मन्त्रीहरूले जवाफ दिँदै
बुटवल । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमाथि प्रदेश सभामा निरन्तर छलफल जारी छ । अहिले प्रदेश सभामा मन्त्रालयगत रूपमा बजेटमाथिको छलफल चलिरहेको हो ।
सोमबारदेखि सुरु भएको बजेट माथिको छलफलमा मंगलबार मन्त्रीहरूले जवाफ दिने क्रम चलिहरेको छ । हिजो प्रदेश सभा सदस्यहरू राखेका प्रश्नको आज कृषि तथा भूमि व्यवस्था मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीले जवाफ दिएका छन् ।
हिजो एक दर्जन सांसदहरूले कृषि क्षेत्र बजेट कम भएको, सबै जिल्लाहरूको बजेटमा एकरूपता नभएको विषयमा उठाएका थिए । बाँकेमा कृषि क्षेत्रमा धेरै बजेट परेको गुनासो प्रति कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले त्यहाँ कृषि ज्ञान केन्द्र र पशु भेटेरिनरी तथा पशु विज्ञ केन्द्रबाहेक अन्य कार्यालयहरू पनि भएकाले बजेट धेरै देखिएको जवाफ दिए ।
सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले ‘पहुँचको आधारमा होइन, आवश्यकताको आधारमा बजेट तयार पारिएको दाबी गरे । यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले बजेट विनियोजन गर्दा कसैलाई काखा पाखा नगरिएको जिकिर गरिनन् ।
यता वन मन्त्रालयको बजेट गण्डकी प्रदेशको अन्नपूर्ण गाउँपालिकामा १५ लाख बजेट विनियोजन भएको प्रति प्रदेश सभा सदस्य तारा थापाले जवाफ मागेकी छिन् । ‘लुम्बिनी प्रदेशको बजेट गण्डकीमा कसरी पुग्यो ? टाइपिङ मिस्टेक हो कि के हो ?,’ उनले प्रश्न गरिन् ।
प्रदेश सभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले बजेट निर्माणको क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले भूमिगत पानीको योजनाको बारेमा छलफल गर्न खोज्दा मन्त्रीले समय नदिएको, बजेट सबै आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गरेको आरोप लगाए । बजेटमाथिको छलफल आजै सक्ने कार्ययोजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण