अविरल वर्षाले पोखरामा घर डुबान, पृथ्वी राजमार्ग भासियो
बुधबार, १२ असार २०८१, ०९ : ४४
पोखरा । मुसलधारे वर्षाका कारण पोखरामा घर डुवानदेखि राजमार्ग भासिएका छन् । पोखरा महानगरपालिका चाउथेको घट्टेकुलोमा पृथ्वी राजमार्ग सडक भासिएको हो । ५ मिटर सडक घट्टेकुलोको पानीले काटेको प्रहरीले जनाएको छ ।
नजिकै अर्को ठाउँमा पनि ७ मिटर लामो सडक भासिएको छ । अहिले सडक एकतर्फी सञ्चालनमा छ ।
यता पोखरा ७ गैरीखेतमा दुई घर डुबानमा परेको छ । स्थानीय कुमार सुनार र रेशम गुरूङको घर डुबानमा परेको हो । पोखरा–३३ बागमारा स्थित सिप्लिङतराम अविरल बर्षा पछि तीन घर डुबानमा परेका छन् । स्थानीय राम्जी बास्तोला, सुमन विक र बाबुराम बस्नेतको घर डुबानमा परेको हो ।
पोखरा र कास्की सहित अहिले गण्डकीकै जनजीवन प्रभावित भएको छ । पोखरा २८ आरुपाटामा घर पुरिँदा १ जनाको मृत्यु भएको छ भने मादी ५ चितेपानीमा पनि घर पहिरिँदा अर्का १ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण