अशोक राई नेतृत्वको जसपाको केन्द्रीय समिति बैठकमा १२१ केन्द्रीय सदस्य उपस्थित
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर गठन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक बसिरहेको छ ।
समाखुशीको एक पार्टी प्यालेसमा जारी बैठकमा १२१ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको एक नेताले जानकारी दिए । ३१ जना केन्द्रीय सदस्य लिएर राईको नेतृत्वमा जसपा दर्ता गरिएकाे थियो । तीसहित १२१ जना केन्द्रीय सदस्य बैठकमा उपस्थित रहेको बताइएको छ ।
जसपा नेपालको महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू पनि अशोक राई नेतृत्वको जसपामा आउन थालेका छन् । जसपाको बैठक बिहीबारसम्म जारी रहने छ । बुधबारको बैठकमा पार्टीका अध्यक्ष अशोक राईले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।
पार्टी विभाजनको औचित्य, संगठन निर्माणलगायतका विषयमा छलफल भइरहेको पार्टी महासचिव इस्तियाक राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण