नेप्से सूचक ११.६० अंकले घट्यो, ४ अर्बको कारोबार
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधबार ११.६० अंकले घटेको छ । मंगलबार ५.६० अंकले बढेको नेप्से सूचक बुधबार ०.५६ प्रतिशतले घट्दै २ हजार ६०.१६ विन्दुमा झरेको हो ।
बुधबार ४ अर्ब ५ करोड रुपैयाँभन्दा माथिको ८७ लाख २७ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बुधबार सबैभन्दा बढी नेपाल फाइनान्सको १६ करोड ४६ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने गुडवील फाइनान्सको १५ करोड १६ लाख ४९ हजार रुपैयाँ र एनआरएन इन्फास्ट्रक्चर डभलपमेन्ट लिमिटेडको १३ करोड ३३ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
बुधबार फाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ्ग समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् ।
५७ कम्पनीको सेयर मूल्य बढ्दा हाज १८६ कम्पनीको मूल्य घटेको छ । ३ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण