नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन
बिहीबार, १३ असार २०८१, १२ : ००
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन समितिले असार ७ गते सार्वजनिक गरेको निर्वाचन तालिका संशोधन गरिएको छ ।
असार २२ गते हुने समयलाई यथावत् राखेको छ भने असार १३ गते हुने उम्मेदवारी दर्ताको समयलाई असार १५ गतेका सारिएको छ ।
मतदाताको अन्तिम नामावली प्रकाशन असार १४ गतेका लागि राखिएको छ । उम्मेदवारको नामावली प्रकाशन असार १५ गते साँझ आठ बजे गर्ने भएको छ । उम्मेदवार उपरको दाबी विरोध गर्ने समय असार १५ गते आठ बजेदेखि असार १६ गते बिहान ११ बजेसम्म राखिएको छ ।
उम्मेदवारको मनोनयपत्र फिर्ता लिने समय असार १६ गते बिहान ११ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली सोही दिन दिउँसो २ बजेको लागि राखिएको छ ।
असार २२ गते बिहान ९ बजेदेखि पाँच बजेसम्म चुनाव हुन्छ भने मतगणना चुनाव सम्पन्न भएपछि हुने नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन
-
पर्याप्त आधार र प्रमाणबिना हाइप्रोफाइल नेता धमाधम पक्राउ, अदालतमा ‘प्रमाण अभाव’
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प
-
वीरेन्द्रनगरको निकास खोला जंगलमा एक व्यक्ति मृत भेटिए
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण