वित्तीय लगानीसम्बन्धी कसुर नगर्न सम्पत्ति शुद्धीकरणको आग्रह
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अपराधजन्य कार्यबाट सम्पत्ति आर्जन गरी वित्तीय लगानीसम्बन्धी कसुर नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गरी अनुसन्धान विभागले सो आग्रह गरेको हो ।
विभागले सम्पत्ति शुद्धीकरणको कसुर र आतङ्ककारी व्यक्ति वा सङ्गठनको प्रयोजनका लागि कुनै पनि प्रकारले सम्पत्ति वा कोष सङ्कलन, सहयोग वा सहजीकरण गरी गराई आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसुर नगर्न नगराउन सूचित गरेको हो ।
यदि कसैले त्यस्तो कसुर गरेको अवस्थामा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० बमोजिम सजाय हुने समेत विभागले चेतावनी दिएको छ । विभागले अपराधजन्य कार्यबाट सम्पत्ति आर्जन गरी त्यस्तो सम्पत्तिको वास्तविक प्रकृति, श्रोत, स्थान, निःसर्ग, कारोबार, स्वामित्व एवम् सो सम्पत्ति उपरेको अधिकार, लुकाउने, छल्ने वा बदल्ने, रूपान्तरण वा हस्तान्तरण गर्ने, प्राप्ति, प्रयोग वा धारण गर्ने समेतका कार्य गरी गराई लगानी सम्बन्धी कसुर गरेमा सजाय गरिने समेत सूचनामा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण