राजनीतिका लागि कंगनाले फिल्मबाट ब्रेक नलिने

नयाँ दिल्ली । बलिउडकी अभिनेत्री तथा सांसद कंगना रनौतले भर्खरै लोकसभा सदस्यको शपथ लिएकी छिन् । एक पुरानो अन्तरवार्तामा कंगनाले चुनाव जितियो भने फिल्म इन्डस्ट्री छाड्ने बताएकी थिइन् ।
तर अहिले चुनाव जितेर सांसद नै बनिसकेपछि भने उनले आफ्नो फिल्मी इनिङ्स जारी राख्ने देखिएको छ । यस कुरालाई उनका निकटवर्तीले पुष्टि गरेका छन् ।
कंगनाको आगामी रिलिज ‘इमर्जेन्सी’ हो । यो फिल्म यसअघि कार्तिक आर्यनको ‘चन्दु च्याम्पियन’सँगै रिलिज हुने तय भएको थियो । तर चुनावका लागि फिल्मको रिलिज डेट पछाडि सारियो ।
चलचित्र छिट्टै रिलिज गर्ने तयारी भइरहेको छ । संसद्को अधिवेशन सकिएपछि फिल्म रिलिजको तस्बिर स्पष्ट हुने कंगना निटक स्रोतले बताएको भन्दै भाष्कर दैनिकले समाचार छापेको छ ।
फिल्म २५ जुनमा मात्र रिलिज गर्ने प्रयास गरिएको थियो । सन् १९७५ को जुन २५ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा आपत्काल लगाएकी थिइन् । कंगनाको फिल्म सोही घटनामा केन्द्रित छ । लोकसभाको चुनावका कारण फिल्मको रिलिज समय पछाडि सारियो ।
अब फिल्म सेप्टेम्बर ६ मा रिलिज हुने बताइएको छ । राजनीतिमा आफ्नो पहिलो पारीसँगै कंगनाले आफ्नो फिल्मी यात्रालाई पनि निरन्तरता दिनेछिन् । अर्को फिल्मको घोषणा छिटै हुन सक्ने बताइएको छ ।
कंगनाको हातमा यतिबेला आनन्द एल राईको तनु वेड्स मनु ३ र आलौकिक देसाईको पौराणिक नाटक सीता–द इन्कारनेसनजस्ता फिल्म रहेको चर्चा छ । तर यसबारे कुनै अपडेट आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न
-
जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल
-
जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल
-
भगतसिंह कोसियारी र महन्थ ठाकुरबिच भेटवार्ता