हरर युनिभर्समा रश्मिका मन्दानाको इन्ट्री
नयाँ दिल्ली । भारतमा हरर फिल्म पनि हिट हुन थालेका छन् । श्रद्धा कपुरको स्त्रीबाट शुरु भएको यो सूचीमा हरर कमेडी मुंज्या पनि थपिएको छ । हरर युनिभर्सको आकार बढ्दैछ ।
फिल्म मेकर दिनेश विजनले आयुष्मान खुराना र रश्मिका मन्दानाको साथमा हरर फिल्म बनाउँदैछन् । यो फिल्मको नाम भ्याम्पायर्स अफ विजय नगर हुने बताइएको छ ।
एनिमलको सफलता पछि रश्मिकालाई एकपछि अर्को गर्दै फिल्मको अफर आइरहेको छ । उनले केही ठूला प्रोजेक्ट पनि साइन गरेकी छिन् । पिंकविलामा छापिएको एक खबरका अनुसार भ्याम्पायर्स अफ विजय नगरमा आयुष्मानको अपोजिटमा रश्मिकालाई काष्ट गरिएको छ ।
लामो समयदेखि दिनेश र आयुष्मानले यो फिल्ममाथि छलफल गरिरहेका थिए । अब उनीहरू फिल्मको छायाङ्कनका लागि तयार भएको बताइएको छ ।
रश्मिका र आयुष्मान ठूलो पर्दामा एकै साथ काम गर्न लागेको यो पहिलो पटक हो । फिल्ममा दुबैले खेल्न लागेको पात्र र काहानीले दर्शकहरू छक्क पर्ने बताइएको छ ।
रश्मिकाले गरेकी हुन् सामन्थालाई रिप्लेस ?
गएको वर्ष भ्याम्पायर्स अफ विजय नगरमा आयुष्मानसँग फिमेल लिडको रोलमा दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुलाई अप्रोच गरिएको खबर आएको थियो । तर अहिले आएर फिल्ममा रश्मिकाको नाम फाइनल भएको छ ।
रश्मिका दक्षिण भारतदेखि बलिउडसम्मै कयौँ ठूला प्रोजेक्टमा देखिदैंछिन् । यो वर्षको अन्त्यमा अल्लु अर्जुनसँगको उनको फिल्म पुष्पा २ आउँदैछ ।
त्यसपछि उनी सलमान खानसँग सिकन्दरमा पनि देखिनेछिन् । धनुषको कुबेरा पनि उनको अर्को बहुप्रतिक्षित फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण