केही राजदूतको सिफारिस पुनर्विचार गर्ने मनस्थितिमा सरकार
काठमाडौँ । सरकारले हालै केही देशमा सिफारिस भएका राजदूतबारे पुनर्विचार गर्ने मनस्थिति बनाएको छ । बालुवाटार निकट स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र प्रचण्डबिच सिफारिसमा केही राजदूतको विषयमा प्रश्न उठेकाले यसबारे अब के गर्ने भन्नेबारे पटक पटक छलफल भइसकेको छ।
छलफलमा आवश्यक परे निर्णयमा पुनर्विचार गरेर जाने भन्नेबारे दुई नेताबिच समझदारी बनेको उच्च स्रोतले जनाएको छ । ‘कहीँ कतै कमजोरी गम्भीर प्रकृतिको देखियो भने हामी त्यस्तालाई राजदूत नियुक्तिबाट पछि हटाउँछौँ’, बालुवाटार निकट एक स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यूको भनाइ यही छ, ओली र प्रचण्डका बिच पनि केही राजदूतको विषयमा पुनर्विचार गर्नुपर्ने भयो भने गर्ने भन्ने समझदारी पनि बनेको छ ।’
विशेष गरी साउदी अरब र दक्षिण कोरियाको राजदूत सिफारिसमा पुनर्विचार हुनसक्ने बताइएको छ । यसबारे नेताहरूबिच समीक्षा गरेर अन्तिम रूप दिइने बताइएको छ ।
यस्तै हाल जिम्मेवारी सम्हालिरहेका कुनै देशको राजदूतको कमजोरी देखिएको खण्डमा उसलाई पनि तत्कालै फिर्ता बोलाएर सरकारले नयाँ सिफारिस गर्ने योजना बनाएको बताइएको छ।
यसैबिच मध्यपूर्वको देश कतारमा माओवादी केन्द्र निकटबाट राजदूत सिफारिस गर्ने गरी छलफल भइरहेको बताइएको छ । तर, कतारको राजदूतमा रास्वपाले पनि दाबी गरिरहेकाले अन्तिम निर्णय हुन भने बाँकी नै रहेको स्रोतको भनाइ छ ।
अघिल्लो साता सरकारले आठ देशमा नयाँ राजदूत सिफारिस गरेको थियो । तर, सिफारिस भएकामध्ये सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदूत पद अस्वीकार गर्ने घोषणा गरेका थिए । यस्तै साउदी अरबका लागि सिफारिस भएका व्यक्ति पनि म्यानपावर व्यवसायी रहेको र उनको बारे पनि प्रश्न उठेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण