यी दुई फिल्मका लागि टाइगरले लिएका थिए झन्डै १६५ करोड भारु !
नयाँ दिल्ली । हालैका दिनमा वासु भगनानी र ज्याकी भगनानीको प्रोडक्सन कम्पनी पूजा इन्टरटेनमेन्ट लगातार चर्चामा छ । मिडिया रिपोर्टका अनुसार कम्पनीमाथि साढे २ अर्ब भारुको ऋण छ ।
ऋणका कारण कम्पनीले आर्थिक सङ्कट भोगिरहेको छ र ७ तले अफिस भवन सरेर दुई बेडरुमको फ्ल्याटमा अफिस सारिएको बताइएको थियो । यो लगत्तै चार फिल्मका लागि कम्पनीले अक्षय कुमारलाई १६५ करोड भारु पारिश्रमिक दिएको खबर पनि आएको थियो । यसैबिच अहिले चकित पार्ने दुइटा कुरा बाहिर आएको छ ।
अक्षयकुमारले लिएका होइनन् पैसा
मिडिया रिपोर्टका अनुसार निर्माता सुनिल दर्शनले अक्षय कुमारलाई १६५ करोड भारु दिएको कुरा अस्वीकार गरेका छन् । सुनिलले भर्खरै एक अन्तरवार्तामा अक्षय कुमारलाई कति पारिश्रमिक तिरेको हो भन्ने विषयमा आफू टिप्पणी गर्न नसक्ने तर १६५ करोड भारु दिएको कुरा गलत भएको बताएका थिए ।
टाइगर श्राफको पारिश्रमिक १६५ करोड भारु नजिक
सुनिलले अर्को एउटा अचम्मको कुरा सुनाएका छन् । १६५ करोड भारु टाइगर श्राफको पारिश्रमिक नजिक भएको उनले बताएका थिए ।
टाइगरले पूजा इन्टरटेनमेन्टको ब्यानरमा बनेका दुई फिल्म ‘गणपत’ र ‘बडे मियाँ छोटे मियाँ’मा काम गरिसकेका छन् । यी दुवै फिल्ममा धेरै पैसा खर्च गरिएको थियो । तर दुवै फ्लप भए ।
सुनिलको बयानपछि टाइगर श्राफको पारिश्रमिकलाई लिएर चर्चा सुरु भएको छ । सुनिलले अन्तरवार्तामा टाइगरलाई दुई फिल्मका लागि धेरै पारिश्रमिक दिएको सङ्केत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण