पाकिस्तानमा मध्यम आर्थिक सुधार
इस्लामाबाद । पाकिस्तानमा गत आर्थिक वर्ष (सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म) मा मध्यम आर्थिक सुधार भएको पाकिस्तानी अर्थ मन्त्रालयले बताएको छ ।
पाकिस्तानमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर दुई दशमलव चार प्रतिशतमा पुगेको छ । यसमा कृषि क्षेत्र छ दशमलव तीन प्रतिशतले तथा उद्योग र सेवा प्रत्येक एक दशमलव दुई प्रतिशतले वृद्धि भएको मन्त्रालयको मासिक आर्थिक दृष्टिकोणमा उल्लेख छ ।
गत वर्ष करिब तीन अर्ब ९० करोड डलरको घाटाको तुलनामा सन् २०१८ को जुलाई–मे महिनामा ५० करोड अमेरिकी डलर घाटा रहेकाले चालु खाता मौज्दातमा दिगो सुधार देखिएको छ ।
केन्द्रीय बैङ्कको मौद्रिक नीति समितिले यस महिनाको सुरुमा मुद्रास्फीतिको दबाब कम गर्दै आर्थिक वर्षको मध्यम जिडिपी वृद्धिको आधारमा नीति दरलाई एक सय ५० आधार विन्दु (बिपिएस) ले २० दशमलव पाँच प्रतिशतमा झारेको प्रतिवेदनमा उल्लेख छ ।
“सरकार सम्भावित लगानीकर्ताहरूबाट दीर्घकालीन प्रतिबद्धताहरूलाई प्रोत्साहित गर्न लगानीमैत्री वातावरण सिर्जना गर्न प्रतिबद्ध छ, जुन आर्थिक स्थायित्व कायम गर्न अपरिहार्य छ”, प्रतिवेदनमा भनिएको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण