राजनीति
रास्वपा अनुशासन आयोगले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण
शुक्रबार, १४ असार २०८१, २० : १०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । महामन्त्री ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो ।
महामन्त्री ढकालले आफूलाई पार्टी सभापति रवि लामिछाने बाहेकले स्पष्टीकरण सोध्न नपाउने बताए । अनुशासन आयोगले सोधेको प्रस्टीकरण पत्र नबुझ्ने उनले बताए । ३८ जिल्ला भ्रमणपछि पार्टीको वर्तमान अवस्थाबारे महामन्त्री ढकालले ३२ बुँदे प्रतिवेदन तयार पारेर पार्टी सभापति लामिछानेलाई बुझाएका थिए ।
पार्टीको हितविपरीत महामन्त्री ढकाल मिडियाबाजी गर्दै हिँडेको भन्दै प्रस्टीकरण सोधिएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण