पक्राउ पुर्जी जारी भएको १४ महिनामा बादलका छोरा पक्राउ
शुक्रबार, १४ असार २०८१, २० : २५

काठमाडौँ । पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरणमा २०८० वैशाखमै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपनि उनी फरार रहँदै आएका थिए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोग उनीमाथि छ । उनले सो क्रममा गिरोहमार्फत रकम बुझेको समेत आरोपीहरूले बयानका क्रममा खुलाएका छन् ।
फरार रहँदै आएका उनी शुक्रबार भने राजधानीको बौद्धबाट पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता