राजधानीको बौद्धबाट पूर्वगृहमन्त्री बादलपुत्र प्रतीक थापा पक्राउ
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार उनी शुक्रबार राजधानीको बौद्धबाट पक्राउ परेका हुन् ।
उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ गरिएको पुष्टि गरे । प्रहरीको खोजी सूचीमा रहेका उनी फरार रहँदै आएका थिए ।
उसो त भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहले तत्कालीन गृहमन्त्रीसमेत रहेका बादल पत्नी नैनाकला थापालाई रकम बुझाएको जिकिर गरेका थिए । ठगी धन्दामा संलग्न मुख्य योजनाकार मध्येका केशवप्रसाद दुलालले नैनाकलालाई पुल्चोकस्थित मन्त्रीक्वार्टरमा पुगेर रकम बुझाएको बयान दिएका थिए ।
सानु भण्डारीले क्वार्टरमा लगेर नैनाकलालाई रकम बुझाएको कुरा नक्सालस्थित निलगिरी थकाली भान्सा घरबाट छोरा प्रतीक थापाले फोन गरेर ‘भेरिफाई’ गरेको दुलालले बताएका थिए । उनका अनुसार थकालीबाट नैनाकला थापालाई प्रतीक थापा मगरले फोन गरेर सोधेका थिए– ‘आमा १ करोड रुपैयाँ पाउनुभयो कि भएन ?’
नैनाकलाले पैसा ‘रिसिभ’ गरेको जानकारी दिएपछि प्रतीकले गिरोहका सदस्यहरूलाई भनेका थिए– ‘मेरी आमाले सानु भण्डारीसँगबाट रकम लिनुभयो ।’ शरणार्थी प्रकरणमा मुछिएका प्रतीक थापा पक्राउ पुर्जी जारी भएसँगै फरार रहेका थिए ।
प्रहरीले एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाडसहित भीआईपीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । सो प्रकरणमा रायमाझी अहिले पनि पुर्पक्षका लागि जेलमै छन् भने खाँण रिहा भएका छन् । यस्तै निलम्बित सचिव टेकनारायण पाण्डेलगायत थुनामा हुँदा अन्य केही भने धरौटीमा रिहा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण