चितवनमा विप्लवको नेतृत्वमा रोपाइँ महोत्सव
चितवन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) ले माडीको खैरहनी गाउँस्थित नेकपाको केन्द्रीय उत्पादन इकाईको खेतमा धान रोपेका छन् । शनिबार नेकपा सम्बद्ध ‘जनश्रम कृषि सहकारी संस्था लिमिटेड’ द्वारा माडी–४, खैरहनीस्थित उत्पादन इकाईमा आयोजित धान दिवस तथा रोपाइँ महोत्सवमा उनले धान रोपेका हुन् ।
सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै महासचिव विप्लवले धान रोपेका नेकपाका प्रचार विभागका सदस्य प्रकाश डुम्रेले जानकारी दिए । कार्यक्रममा बोल्दै महासचिव विप्लवले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ सामूहिक जीवनशैली अपनाउँदै देशैभर सामूहिक उत्पादन केन्द्रहरू सञ्चालन गरिएको बताए ।

राष्ट्रिय स्वाधीनता सहित वैज्ञानिक समाजवादी राज्यव्यवस्थाका लागि नेता कार्यकर्ताहरू पनि आत्मनिर्भर हुनु जरुरी रहेकोमा जोड दिँदै महासचिव विप्लवले केन्द्रीय उत्पादन इकाईको रोपाईंमा दलको दायराबाट माथि उठेर खुला मनसहित सहभागी सबैलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
धान रोपाइँ कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य सन्देश पौडेल (सी) र अन्य केन्द्रीय नेताहरू एवं माडीका जनप्रतिनिधि, राजनैतिक सामाजिक अगुवा र स्थानीयवासीहरु समेत सहभागी रहेका थिए ।
हाल नेकपाले कपिलवस्तुको शिवराज नगरपालिकामा मुख्य कार्यालय रहने गरी वैधानिक रूपमा जनश्रम कृषि सहकारी दर्ता गरी माडीसहित देशका विभिन्न स्थानमा कृषिजन्य उत्पादन इकाईहरू सञ्चालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण