भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ : पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालले भूराजनीतिक सन्तुलन मिलाउनसके देश बन्ने बताए । अध्यक्ष भट्टराईले नेपाल ऐतिहासिक कारणले पछि परेको भएपनि जैविक, वातावरणीय रुपले हामी पछाडि नपरेको बताए ।
नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्ने बताउँदै उनले नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको बताए । उनले आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन जरुरी रहेको बताए । समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पुर्याउने गरी काम गर्नुपर्ने भट्टराईको भनाई थियो ।
‘नेपाल पछाडि परेको एतिहासिक कारणले हो । हामी हाम्रो जैविक, वातावरणीय रुपले पछाडि परेका छैनौँ । हामीले पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्छ । बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता हो भन्ने कुरालाई पनि स्वीकार्नुपर्छ’ भट्टराईले भने- ‘यथार्थ हेर्दा नेपाल त विविधतायुक्त देश हो । आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाऔँ । समावेशी र प्रत्यक्ष लोकतन्त्र छ त्यसलाई अझ उन्नत बनाऔँ । त्यसो हुनसक्यो र भूराजनीतिक सन्तुलन मिलाउन सकियो भने नेपाल बन्छ ।’
अध्यक्ष भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने बताए । नेपालले रक्षात्मक तयारी गर्ने तर युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण