कर्णाली क्षेत्रलाई विषयवस्तु बनाएर लेखिएका पुस्तक सङ्कलन गरी पुस्तकालय निर्माण गरिने
_cS5J1mMTXQ.jpg)
सुर्खेत । दुई दिनसम्म वीरेन्द्रनगरमा सञ्चालित ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ले चार बुँदे घोषणापत्र जारी गरेको छ । उक्त घोषणापत्रमा कर्णाली क्षेत्रलाई विषयवस्तु बनाएर लेखिएका पुस्तक सङ्कलन गरी पुस्तकालय निर्माण गरिने लगायतका विषयबस्तुहरु समेटिएको छ ।
जसमा कर्णाली प्रज्ञा प्रतिष्ठानको निर्माणको लागि निरन्तर पहल, बहस र पैरवी गर्ने, मौलिक बाजा भेसभुसा सामाग्री सहितको प्रदेश सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने र स्थानीय मौलिक पाठ्यक्रम तयार गर्न सम्बन्धित जिल्ला शाखाले आफ्ना जिल्लाका स्थानीय तहसँग अन्तरक्रिया छलफल र समन्वय गरिने बताइएको छ ।
सम्मेलनमा कर्णालीका ८ वटा जिल्लाबाट सहभागी जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापा, उपाध्यक्ष कृष्ण रेउले, सचिव उत्तम शर्मा, केन्द्रीय सदस्य राजु केसी, खड्क चन्दले प्रशिक्षण दिएका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा पहिलो पटक ‘कर्णाली सांस्कृतिक सम्मेलन’ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सच्चियो रविको बन्दी प्रत्यक्षीकरण निवेदन, अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विपक्षी
-
नेपाल टेलिभिजनमा ‘मेरो डान्स युनिभर्स’ कार्यक्रम, होस्टमा तेरिया मगर
-
मनीष झाले रोपेको ‘स्वार्थको द्वन्द्व’को बीउले लेखा समितिमा लफडा
-
आरआर क्याम्पसमा स्ववियु कार्यसमिति खारेजको माग गर्दै रिट दायर
-
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबिच छलफल
-
राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको एमालेको निष्कर्ष