कर्णाली क्षेत्रलाई विषयवस्तु बनाएर लेखिएका पुस्तक सङ्कलन गरी पुस्तकालय निर्माण गरिने
सुर्खेत । दुई दिनसम्म वीरेन्द्रनगरमा सञ्चालित ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ले चार बुँदे घोषणापत्र जारी गरेको छ । उक्त घोषणापत्रमा कर्णाली क्षेत्रलाई विषयवस्तु बनाएर लेखिएका पुस्तक सङ्कलन गरी पुस्तकालय निर्माण गरिने लगायतका विषयबस्तुहरु समेटिएको छ ।
जसमा कर्णाली प्रज्ञा प्रतिष्ठानको निर्माणको लागि निरन्तर पहल, बहस र पैरवी गर्ने, मौलिक बाजा भेसभुसा सामाग्री सहितको प्रदेश सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने र स्थानीय मौलिक पाठ्यक्रम तयार गर्न सम्बन्धित जिल्ला शाखाले आफ्ना जिल्लाका स्थानीय तहसँग अन्तरक्रिया छलफल र समन्वय गरिने बताइएको छ ।
सम्मेलनमा कर्णालीका ८ वटा जिल्लाबाट सहभागी जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापा, उपाध्यक्ष कृष्ण रेउले, सचिव उत्तम शर्मा, केन्द्रीय सदस्य राजु केसी, खड्क चन्दले प्रशिक्षण दिएका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा पहिलो पटक ‘कर्णाली सांस्कृतिक सम्मेलन’ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण