हेजलको लोभ
एकादेशमा बिहे हुने उमेर पुगेकी युवती थिइन् । उनको धेरै कम्पनीमा सेयर थियो । उनले धेरै कमाउँथिन् । उनलाई केटाहरू हेर्न आउँदा उनको राम्रो बानीभन्दा पनि उनको पैसाका लागि आएका थिए । एउटा केटा चलाख थिए । उनलाई केटीको के के बानी हेरिन्छ, उनलाई थाहा थियो । ती केटाले ती केटीलाई आफ्नी श्रीमती बनाउन सक्षम भए । ती केटाको नाम हेजल थियो र ती केटीको नाम कृतिका थियो ।
ती केटाले कृतिकालाई पैसाका लागि बिहे गरेका थिए । हेजल र कृतिकाको बिहे भएको एक वर्ष हुन लागेको थियो । हेजलले आफ्नो फेसबुक म्यासेन्जरबाट धेरै केटीहरूको फोेन नम्बर लिइसकेका थिए ।
हेजल र कृतिकाको एक सन्तान भए । समय बित्दै गयो र शिशु एक वर्षका भए । उनको नाम हार्दिक थियो । एक दिन अचानक कृतिकाको कम्पनीको सेयरहरू घट्दै जान थाल्यो । उनीसँग पैसा पनि थिएन । त्यो देखेर हेजलले कृतिकालाई छाड्ने विचार गरे । हार्दिक नौ वर्षका भइसकेका थिए । उनको मामुलाई सञ्चो थिएन र मामुको बिजनेस पनि थिएन । एक दिन एक्कासि उनको मामुलाई बिसञ्चो भयो । त्यस दिन हेजलले हार्दिकको मामुलाई छाडिदिए । हार्दिक पिलपिल रुन थाले । दुवैले वाचा गरे कि हामीले हार मान्ने वाला छैनौँ ।
ती केटाले कृतिकालाई पैसाका लागि बिहे गरेका थिए । हेजल र कृतिकाको बिहे भएको एक वर्ष हुन लागेको थियो । हेजलले आफ्नो फेसबुक म्यासेन्जरबाट धेरै केटीहरूको फोेन नम्बर लिइसकेका थिए ।
हार्दिकको मामुले एउटा राम्रो जागिर पाइन् । दुवैले धेरै कस्ट गरे । एक दिन दुवैले एउटा घर किन्न पाए, गरगहना पाए, गाडी पाए, लुगा पाए र एक दिन त आफ्नो बिजनेस पनि सुरु गरे । उनीहरूको जीवनमा फेरि सुख हुँदै गयो । उता हार्दिकको बाबाको जीवन धेरै कष्टकर हुँदै गयो, किनभने उनले जुवातास खेलेर सबै सम्पत्ति सके । उनी एक्लै डेरामा बस्थे । उनलाई डेराबाट पनि निकालियो किनभने उनले धेरै समयदेखि पैसा तिरेका थिएनन् । उनको जीवन सडकमा आयो ।
उनले भने कि मेरी श्रीमती कृतिका र छोरा हार्दिकलाई मैले नछाडेको भए हुन्थ्यो । उनले सोचे कि मैले माफ मागे भने म फेरि परिवारमा आउन सक्छु । उनी छोराको घर गए र माफी माग्न थाले । उनी गेटमा पुग्दा गेट पालेले उनलाई रोके । त्यसपछि हार्दिक बाहिर आए र भने— के चाहियो ?
हेजलले भने— हेर छोरा, मबाट गल्ती भयो, मलाई माफ गरिदेऊ ।
छोराले भने कि मलाई नसोध्ने मेरो प्यारो मामुलाई सोध्ने । हेजलले हार्दिकको मामुसँग माफ माग्न थाले ।
हार्दिकको मामुले भनिन्— मैले तपाईंलाई माफ गरिदिएँ । अब हामी तीनजना कहिल्यै झगडा नगरी बस्नेछौँ । त्यसपछि हेजलले हार्दिकको मामु कृतिकालाई भित्रैदेखि माया गर्न थाले ।
(न्यु होराइजन सेकेन्डरी स्कुल, कक्षा ः ६, बुटवल ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण