कमलादीमा एकीकृत समाजवादीको १० औँ महाधिवेशन उद्घाटन
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष माधवकुमार नेपालले रिमोर्ट थिचेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका छन् ।
त्यस्तै अतिथिका रूपमा रास्वपाका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, लोसपाका सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्लालगायतको सहभागिता रहेपनि एमालेबाट भने कोही पनि नेता सहभागी भएनन् ।
असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ ।
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा आवश्यक दस्ताबेज प्रस्तुत गरिने छ । ती दस्ताबेज कम्युनिस्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्त्वपूर्ण हुने पार्टी नेताहरूको भनाइ छ ।
महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग सहभागी हुँदैछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् ।
महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरेको पार्टीले जनाएको छ ।
करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ । एकीकृत समाजवादीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण