आशा गरेका नेता र तीनका छोराहरू भ्रष्टाचारमा संलग्न भएको दिनदिनै सुन्नु परेकोछ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीति परिवर्तनपछि पनि नेता र तीनका सन्तान भ्रष्टाचारमा संलग्न रहेको कुरा सुनिरहनुपरेको बताएका छन् । आइतबार एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्य हुनुपर्नेमा जोड दिए ।
‘जनतामा देखिएको उकुसमुकुसको असर सरकार, राजनीतिक दलहरूमा परिरहेको छ । आशा गरेका नेता र तीनका छोराहरू भ्रष्टाचारमा संलग्न भएका कुरा सुन्न परिरहेको छ । राजनीति कार्यकर्ता श्रमजीवी यन्त्रमा नभई भ्रष्टाचार गर्ने निकायमा बदलिरहेका छन् । जनताले आशा गरेका नेताहरू देशको अर्थतन्त्रमा लुटपाट मच्चाइरहेका छन् । यसको अन्त्य गरी उत्पीडित, श्रमजीवी जनताहरूको पक्षमा सबै मिलेर काम गर्नुपर्छ’, उनले भने ।

हरेक परिवर्तनपछि नेपालको राजनीति यथास्थितिमा बदलिएको भन्दै उनले नेताहरूले काम गर्न सकेन भने त्यसलाई जनताले फाल्ने परिस्थिति आउने बताए । यस्तै नेपाल सिद्धियो भन्ने कुरा साम्राज्यवादीले फैलाएको हल्ला भएको विप्लवले बताए । साथै अहिलेको व्यवस्थाबाट समाजवाद नआउने भन्दै उनले कांग्रेस र रास्वपाले चाहेको समाजवाद के हो भन्दै प्रश्न पनि गरे ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थासम्म ल्याउन एकीकृत समाजवादीको महत्त्वपूर्ण भूमिका रहेकाले महाधिवेशनपछि सुस्पष्ट समाजवादी नीति तथा कार्यक्रम आउनेमा उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण